प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण रद्द

गत वर्षको महासभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली .... अब सम्झना मात्र । तस्बिर : संयुक्त राष्ट्रसंघ

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली यसपटक राष्ट्रसंघको महासभामा सहभागी हुन नआउने भएका छन् । सिंगापुरमा उपचार गराइरहेका ओली कहिले फर्कने भन्ने निश्चित नभएपछि उनी न्युयोर्क नआउने भएका हुन् । उनी नआउने भएपछि राष्ट्र संघको महासभालाई सेप्टेम्बर २७ मा गर्ने भनिएको उनको सम्बोधन पनि कार्यतालिकाबाट हटाइएको छ  ।

अब नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । उनी १२ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै सेप्टेम्बर २२ मा न्युयोर्क आइपुग्नेछन् । उनको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री शक्ति बस्नेत पनि सदस्यका रूपमा रहने बताइएको छ । 

महासभाकै बैठककमा क्रममा सेप्टेम्बर २६ मा सार्क विदेशमन्त्रीस्तरीय ‘साइडलाइन मिटिङ’ हुने पनि बताइएको छ । बैठकमा काश्मिरमा विकसित पछिल्लो घटनाक्रमका बारेमा पनि कुरा उठ्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति: : 2019-08-29 09:24:43

प्रतिकृया दिनुहोस्