एनआरएनका अध्यक्ष भवन भट्ट सिल्क एयरबाट 'अफ लोड' गरिएको खबरलाई सामान्यीकरण गर्न भट्ट क्याम्प न्वारानदेखिको बल लगाइरहेको संकेत मिलेको छ ।
मादक पदार्थले लट्ठ भएको तस्बिर र भिडियो सार्वजनिक हुँदा पनि केही मिडियाहरू हत्केलाले सूर्य छेक्ने प्रयासमा आफूलाई नांगेझार बनाउन लागिपरेका छन् ।
यसलाई विषयान्तर गर्न एनआरएनमा भट्टविरोधी खेमाले बढाइचढाइ गरेर उनीविरूद्ध दुस्प्रचार गरिएको भनिएको छ । उनीहरूले यसका लागि जीवा लामिछाने, कुमार पन्तलगायतका एनआरएनका अगुवाहरूले यसलाई तुल दिइरहेको आरोप लगाएका छन् ।
यसैगरी सिल्क एयरले रक्सी बेच्न नपाएर यस्तो आरोप लगाएको भनेर पनि तल्लो स्तरको बचाउ गरिएको छ । यसै क्रममा रक्सी त जहाजमा जस्ले पनि खान्छ भनेर मतुवा बनाउन अभिप्रेरित गर्ने खालका सामग्री पनि केही सञ्चारमाध्यममा टाँगिएका छन् ।
यसैबीच सिल्क एयरले माफी माग्यो भनेर भट्ट आफैंले भनेको भन्ने खालका समाचार पनि प्रचारमा ल्याइएका छन् । तर, त्यसको आधिकारिक दस्तावेज भने कतै पाइएको छैन ।
सिंगापुरको विमानसेवा सिल्क एयरले माफी मागेको भनेर नेपाली भाषाका सञ्चार माध्यममा आएका समाचारप्रति उसको ध्यानाकृष्ट नभएको हुन सक्छ । यसबारेमा जानकारी गराउँदा काठमाडोैंस्थित उसका एक प्रतिनिधिले भने- खै हामीलाई त थाहा छैन ।
यसै पनि भवन भट्ट मदिरापानलाई लिएर बदनाम पात्र हुन् । उनले अत्याधिक मदिरा सेवन गरेर देखाएको यो पहिलो हर्कत हैन । यस्ता हर्कतको लामो श्रृंखला छ ।
उनको यो चरित्रका कारण पनि यो घटनालाई उनको सर्कलले सहजै पत्याएको हो । त्यसमाथि पनि उनको मत्तु तस्बिर सार्वजनिक भएको छ । त्यसले नै उनले के गरे वा के गरेनन् भन्ने प्रमाण बोल्छ ।