हङकङका राष्ट्रिय क्रिकेटरद्वय इरफान एहमद र नदीम एहमदलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आइसिसिले म्याच फिक्सिङको आरोपमा आजीवन प्रतिबन्ध लगाएको छ।
यही आरोपमा अर्का हङकङ क्रिकेटर हसिब अमजदलाई ५ वर्षे प्रतिबन्ध लगाएको छ।
यसअघि पनि ३ जना खेलाडीलाई आईसीसीले २०१४ को विश्वकप छनोटमा स्कटल्याण्ड र क्यानडाविरूद्ध फिक्सिङ गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो।
इरफान आईसीसीको एन्टी करप्सन कोड अन्तर्गत ९ वटा आरोपमा दोषि प्रमाणित भएका छन् भने उनका आफ्नै भाइ नदीम र अमजद ३ वटामा आरोपमा दोषि पाइएको छ।
क्रिकइन्फोका अनुसार २०१४ विश्वकप छनोट पछि नदीम भाइले २०१६ टी-२० विश्वकपको खेलहरूमा तथा २०१४ टी-२० विश्वकपको जिम्बाबे बिरुद्धको अभ्यास खेलमा तथा २०१५ टी-२० विश्वकप छनोटमा पनि फिक्सिङ गरेका थिए।
आईसीसीले जारि गरेको प्रेस विज्ञप्तिमा निकै लामो र जटिल अनुसन्धान पछि क्रिकेटरहरुले गरेको कर्तुत बाहिर ल्याउन सकेको लेखेको छ।
Pair of Hong Kong players banned for life and a third suspended for five years after ICC Anti-Corruption Tribunal hearing.https://t.co/nU8CSI23Ch
— ICC (@ICC) August 26, 2019
‘हङकङले स्कटल्याण्ड र क्यानडासँग (२०१४ विश्वकप छनोट) खेलेको खेलको केही ओभरहरू फिक्स गरेका थिए। उक्त खेल हङकङनै जितेको थियो र प्रतियोगिताको नतिजामा असर गरेको थिएन तर खेलाडीहरूले गरेको जस्तो सुकै प्रकारको फिक्सिङलाई माफी दिन सकिदैन,’ आईसीसीले भनेको छ।
इरफान एहमदले हङकङको लागि ६ एकदिवसीय अन्तर्राष्ट्रिय र ८ टी-२० अन्तर्राष्ट्रिय तथा नदीमले २५ एकदिवसीय अन्तर्राष्ट्रिय र २४ अन्तर्राष्ट्रिय खेलेका थिए। यस्तै अमजदले ७ एकदिवसीय अन्तर्राष्ट्रिय र १८ टी-२० अन्तर्राष्ट्रिय खेलेका थिए।
अन्तिम पटक नदीम एहमदले एसिया कप २०१८ मा भारतबिरुद्ध खेलेका थिए। इरफानले भने २०१५ मा अन्तिम पटक खेलेका थिए। अमजदले २०१६ मा अन्तिम पटक खेलेका थिए।