सिंगापुरबाट चलाएको 'ओली क्याविनेट'मा असुरक्षित सफ्टवेयर : बढ्यो सुरक्षा चिन्ता

नेपालको मन्त्रिपरिषदको भर्चुअल वैठक सूचना प्रविधिको हिसाबले असुरक्षित रहेको सूचना प्रविधि विशेषज्ञहरूले बताएका छन् ।

बैठकमा सूचना प्रविधि सुरक्षा फ्रेमवर्क बाहिरको सफ्टवेयर ग्लोबल एक्सटर्नल सफ्टवेयर प्रयोग गरिएकोले सुरक्षा चिन्ता बढेको बताइएको छ ।

एक सूचना प्रविधि विशेषज्ञ भन्छन्- 'यस्तो सुरक्षा फ्रेमवर्क बाहिरको सफ्टवेयर ग्लोबल एक्सटर्नल सफ्टवेयर प्रयोग गर्दा सूचना टेपिङ हुने, ह्याकिङ हुने र लिकिङ हुने सम्भावना रहन्छ । '

यो पनि हेर्नुहोस् 

गलत औषधिले गर्दा दृष्टि गुम्यो

मन्त्रिपरिषदको बैठकमा राष्ट्रका संवेदनशील विषयमा छलफल र निर्णय लिनुपर्ने हुन्छ भन्दै उनले यस्तो अवस्थामा सूचना चुहिएर राष्ट्रलाई गम्भीर समस्या पर्ने स्थिति आउँनेतर्फ सचेत हुन पनि आग्रह गरेका छन् ।

सूचना प्रविधिमा अब्बल रहेका राष्ट्रहरू किन क्याविनेटको भर्चुअल बैठक गर्दैनन् ? नसकेर त हैन होला भन्दै उनी भन्छन्-  सुुरक्षा संवेदनशीलताका कारण नै त्यसो नगरिएको हो । यो त सूचना प्रविधिको प्रयोग भन्दा पनि हेलचेक्राइ हो ।

यो पनि हेर्नुहोस् 
भिडियो कन्फेरेन्समार्फत मन्त्रीपरिषद बैठक

बैठक नै गरे पनि सुरक्षा फ्रेमवर्क भित्रको सफ्टवेयर प्रयोग गरेको भए सुरक्षाको कोणबाट केही आश्वस्त हुन सकिने सुझाव पनि उनले दिए । 

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली स्वास्थ्योपचारका लागि सिंगापुरमा छन् । उनले सोमबारे क्याविनेट सिंगापुरबाटै अध्यक्षता गरेर भर्चुअल्ली चलाएका थिए । अहिले सरकारी पक्षले यसलाई महान उपलव्धी भनेर प्रचार प्रसार गरिरहेकै बेला सूचना प्रविधिका विज्ञहरूले भने यसको सुरक्षाको पाटोतिर ध्यानाकृष्ट गराएका हुन् । 

 

प्रकाशित मिति: : 2019-08-26 22:11:13

प्रतिकृया दिनुहोस्