अमेरिका-उत्तर कोरिया 'पुन:वार्ता' सन्देश लिएर दक्षिण कोरियाली राष्ट्रपति अमेरिका जाने

फोटो: एएफपी/जीम वाट्सन

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वासिङ्टन डिसीमा भेटवार्ता हुने भएको छ। अप्रिल १०मा हुने वार्ता पुर्णरुपमा उत्तर कोरियासँगको आणविक निःशस्त्रीकरणका विषयमा केन्द्रित हुने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

अमेरिका र उत्तरकोरियाबीचको वार्ताका लागि सहजीकरणको भूमिका निर्वाह गरिरहेका दक्षिण कोरियाली राष्ट्रपतिको ट्रम्पसँगको यो सातौ भेटघाट हुनेछ। 

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीच भियतनामको हनोईमा भएको बहुचर्चित वार्ता कुनै पनि निर्णयमा नपुगी टुंगिएको थियो। आणविक निःशस्त्रीकरणका लागि उत्तर कोरियाले आफूमाथि लागेको प्रतिबन्ध पूर्णरूपमा पहिला फुकुवा हुनुपर्ने शर्त राखेपछि वार्ता अनिर्णित भएको समाचार बाहिर आएको थियो। तर, उत्तर कोरियाले त्यसको खण्डन गर्दै प्रतिबन्धको आंशिक फुकुवाको कुरा पनि अमेरिकाले अस्वीकार गरेकाले बार्ता भंग भएको जनाएको थियो। 
हनोई वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वार्ताको सम्पूर्ण प्रक्रिया समाप्त नभएको र आफू अझै पनि वार्ता हुनेमा सकारात्मक रहेको बताएका थिए।

प्रकाशित मिति: : 2019-03-30 02:09:25

प्रतिकृया दिनुहोस्