वर्तिका एम राईको न्युयोर्क सहरमा एक युवकसँग भेट भयो। पहिलो भेटमै ती युवकलाई उनका आँखा मन पराए। अर्थात् पहिलो भेटमै उनले वर्तिकालाई मन पराए। एकतर्फी प्रेम सुरु भयो। यो सन् २०१५ को जाडो यामको कुरा हो।
युवक उमेरले १९ पुगेका थिए। ती युवक नेपाली थिएनन्, अमेरिकी थिए। वर्तिका २४ वर्षकी थिइन्।
युवकले वर्तिकालाई देख्नासाथ मन पराएका थिए। नामसमेत थाहा नपाई। त्यतिबेला उनले त्यो अञ्जान प्रेमलाई नजरअन्दाज गरिदिन सक्थिन् किन कि उनमा उप्रति कुनै इमोसन नै थिएन।
साथीहरु वर्तिकाको कसैप्रति पनि कुनै इमोसन छैन भन्थे। उनको व्यवहार पनि त्यस्तै हुन्थ्यो। न उनलाई कोही मन पर्थ्यो न कसैले आकर्षित गर्न सक्थ्यो।
ती युवकको सवालमा पनि त्यस्तै भयो। वर्तिकाले उसलाई प्रेम गर्न सकिनन्। उप्रति कुनै भावना पलाएन। तर केही फरक भयो। ती युवकले वर्तिकालाई पछ्याउन छोडेनन्। देख्नासाथ भन्थे, ‘तिम्रा आँखा निकै सुन्दर छन्।’
उमेरमा कान्छो भएको थाहा पाएर उनले ‘मेरा भाइहरु नै १७–१८ वर्षका छन्’ भन्दै पन्छिइन्। वर्तिकाले उसको प्रेम अस्वीकार गरे पनि यो कुराले उनको मनमा सोच्न बाध्य बनायो।
‘मैले बेवास्ता गर्दा पनि ऊ किन यसरी मेरो पछि लाग्छ?’ वर्तिकाको मनमा कुराहरु खेल्न थाले। त्यसपछि उनले ती भावनालाई शब्दमा उतार्न थालिन्। उसको लागि होइन, उसका कारण केही शब्दहरु लेखिन्। जसमा पछि वर्तिकाले आवाज दिइन्ः