यसपटकको संविधान दिवशदेखि 'सयौं थुंगा फूलका हामी एउटै माला नेपाली' बजाउँदा उभिनुपर्ने अनि मात्र चलचित्र हे्नुपर्ने भएको हो । यसो गर्दा हलको पर्दामा अनिबार्यरूपमा
संविधान दिवस मनाउनका लागि मूल समारोह समिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकपछि यस्तो निर्देशन जारी गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा जारी गरिएको निर्देशनमा राष्ट्रिय गानको सम्मानमा सबै दर्शक अनिवार्य उभिनुपर्ने भनिएको छ ।
यस्तो कार्यविधि राष्ट्रिय झन्डा तथा राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधि २०६९ मै उल्लेख छ । त्यसमा प्रष्टसँगले लेखिएको छ- ‘कुनै पनि राष्ट्रिय उत्सव वा विभिन्न औपचारिक कार्यक्रम तथा फौजी प्रकृतिका सामेली, सैन्य सम्मान, खेलकुद समारोह र विद्यालय प्रार्थनामा राष्ट्रिय गान गाउनुपर्ने छ । कार्यविधिको उपदफा (१) मा ‘राष्ट्रिय गान या धुन बज्दा सबैले सतर्क अवस्थामा उभिएर शिर ठाडो गरी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्ने’ उल्लेख छ ।
त्यसैगरी रेडियो र टेलिभिजनमा पनि कार्यक्रमको सुरुमा र अन्त्यमा राष्ट्रिय गान बजाउनुपर्ने कार्यविधिमम उल्लेख गरिएको छ । राष्ट्रिय गान अवधिभर सबैलाई उभिन अनिवार्य रूपले अनुरोध गर्नुपर्ने छ । सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शनका क्रममा कार्यक्रमको प्रारम्भ तथा समापनका समयमा राष्ट्रिय गान तथा धुन बजाए वा गाएमा उपदफा (१) बमोजिम सम्मान गर्नुपर्ने छ,’ राष्ट्रिय झन्डा तथा राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधि २०६९ मा भनिएको छ ।
फिल्महलमा पहिला 'सयोैं थुंगा फूलका हामी' त्यसपछि मात्र मनोरञ्जन गर्न सरकारले जारी गरेको यो निर्देशन ठीक कि बेठीक ? भनेर वहस सुरू हुने नै छ। यसअघि पनि सरकारले यस्तै प्रयास गर्दा पञ्चायतकालमा जस्तै राष्ट्रिय गान अनिवार्य गर्न नमिल्ने भनिरएपछि सरकार पछि हटेको थियो ।