नेपालको संसदमा एक वर्षभित्रै परिमार्जित नागरिकता लिइसक्नुपर्ने निर्णय: लाखौं गैरआवासीय नेपाली प्रभावित

गुगल

नेपालको संसदमा लिइएको नागरिकतासम्बन्धी एक निर्णयले नेपाल बाहिर रहेका लाखौ नेपालीले दु:ख पाउने भएका छन्।

संसदको राज्यव्यवस्था समितिमा यसअघि लिइएका सबै नागरिकतालाई ऐन जारी भएको एक वर्षभित्र जन्म मिति उही राखेर परिमार्जन गरिसक्नुपर्ने व्यवस्था राख्ने निर्णय भएको छ ।

यो निर्णयसँगै नेपाली नागरिककै हैसियतमा मुलुकबाहिर रहेका नेपालीले नेपाल फर्केर आआफ्नो प्रदेशको पहिचान देखिने परिमार्जित नागरिकता अनिबार्य रूपमा लिनुपर्ने हुन्छ।अन्य देशको नागरिक भैसकेकाले पनि नेपाली नागरिकता कायम राख्ने हो भने गैरआवासीय नेपाली नागरिकता लिनुपर्ने हुन्छ।

संविधानसभाका अध्यक्षरहिसकेका समितिका एक सदस्य सुवास नेम्वाङ पनि यसअघि लिइएका सबै नागरिकतालाई रद्द गरेर प्रादेशिक पहिचान देखिने लिन आवश्यक नभएको बताउँछन् ।उनका अनुसार संघीयता कार्यान्वयनमा आएपछि लिइएका नागरिकतालाई मात्र प्रादेशिक पहिचान उल्लेख हुनु वाञ्छनीय हुन्छ।

समितिका सदस्य सांसद प्रेम सुवालले एक वर्षभित्रै सबै नागरिकता परिमार्जन भइसक्नुपर्ने प्रावधान राख्दा देश बाहिर रहेका लाखौं नेपालीलाई असर पर्ने बताउँछन् ।

यो प्रावधान व्यवहारिक नहुने भनेर समितिकै बैठकमा गृहसचिव प्रेमकुमार राईले असहमति जनाएका थिए। यस्तो प्रावधान राख्दा नागरिकले हैरानी पाउने र राज्य स्रोतको पनि अनाआवश्यक खर्च हुने उनको धारणा थियो । 

नेपालको संविधानको धारा १० (२) मा प्रादेशिक पहिचान सहितको नागरिकता हुनुपर्ने व्यवस्था छ। त्यही ब्यबस्थालाई ध्यानमा राखेर समितिमा यस्तो निर्णय भएको बताइएको छ। 

प्रकाशित मिति: : 2019-03-20 06:59:20

प्रतिकृया दिनुहोस्