कोलम्बो । श्रीलंकाले बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ।
गएराति सम्पन्न तेस्रो एकदिवसीय खेलमा बंगलबादेशलाई १२२ रनले हराउँदै श्रीलंकाले तीन खेलको सिरिज ३-० ले जितेको हो।
प्रेमादासा क्रिकेट स्टेडियममा श्रीलंकाले दिएको २९५ रनको लक्ष्य पछाएको बंगालदेश ३६ ओभरमा अलआउट हुँदै १७२ रनमा समेटियो ।
बंगलादेशका लागि सौम्य सरकारले ६९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै तैजुल इस्लामले ३९ रन जोडे।
श्रीलंकाका लागि दासुन सनकाले ३ तथा कसुन राजिथा र लाहिरु कुमाराले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनाएको थियो।
श्रीलंकाका लागि एन्जोलो म्याथ्यूले सर्वाधिक ८७ रन बनाएका थिए । त्यस्तै कुसल मेंडीजले ५४ रन बनाए भने कप्तान डिमुथ करुणारत्नेले ४६ रन बनाएका थिए ।
बंगलादेशका बलर सौम्य सरकार र शैफुल इस्लामले ३-३ विकेट लिएका थिए।
पाहुना टोलीविरुद्ध श्रीलंकाले पहिलो खेलमा ९१ रन र दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।
श्रीलंकाका एन्जोलो म्याथ्युज खेलको प्लेयर अफ द म्याच तथा प्लेयर अफ द सिरिज बनेका थिए।