भारतीय युवा ब्याट्सम्यान पृथ्वी श निलम्बनमा

तस्बिरः एजेन्सी

भारतीय युवा ब्याट्सम्यान पृथ्वी श निलम्बनमा परेका छन्।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले प्रतिबन्धित औषधी सम्बन्धि नियम उल्लंघन गरेको आरोपमा पृथ्वीलाई ८ महिना निलम्बन गर्ने निर्णय गरेको हो।

बीसीसीआईले मंगलबार एक बिज्ञप्ती जारी गर्दै शले प्रतिबन्धित पदार्थ सेवन गरेकाले डोपिङ परीक्षणमा असफल भएका बताएको हो।

बीसीसीआईका अनुसार उनले सेवन गरेको पदार्थ औषधिमा पाईने गरेको जनाएको छ ।

सन् २०१९ को फेब्रुअरी २२ मा शैयद मुस्ताक अली टी–ट्वान्टी खेलको दौरान शले आफ्नो नमुना परीक्षण गरेका थिए । जसमा प्रतिबन्धित पदार्थको अंश भेटिएको थियो ।

शले समेत आफूमाथि लागेको आरोपको स्वीकार गरेका छन् । तर उनले आफूले नजानेर सो पदार्थ सेवन गरेको जवाफ दिएका छन्।

बीसीसीआईले शको बयानपछि उनलाई नोभेम्बर १५ सम्म निलम्बन गर्ने निर्णय गरेको हो ।

उनले भारतबाट अन्तिम पटक वेस्ट ईन्डिजविरुद्व टेष्ट हैदराबादमा खेलेका थिए। उनले अहिलेसम्म भारतका लागि दुई टेष्ट खेलेका छन् ।

उनको नाममा एक सतक र एक अर्धसतक रहेको छ । उनले दुई टेष्टमा १ सय १८ दशमलव ५० को औसतमा २ सय ३७ रन बनाएका छन् ।

प्रकाशित मिति: : 2019-07-30 21:38:52

प्रतिकृया दिनुहोस्