काठमाडौं। नेइमारमाथि लागेको बलात्कारको आरोप प्रमाण नपुगेको भन्दै प्रहरीले अगाडि नबढाउने भएको छ ।
ब्राजिलको साओ पाउलोका एट्रोनी जनरलको कार्यालयले नेइमारमाथि लागेको आरोपमा प्रमाण नपुगेको बताएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रहरीले सोही रिपोर्ट अब न्यायाधीशलाई बुझाउने र न्यायाधीशले नै अन्तिम निर्णय गर्ने भएका छन्।
पेरिसको एक होटलमा एक ब्राजिलीयन युवतीलाई बलात्कार गरेको भन्दै नेइमारविरूद्ध ब्राजिलको सान पाउलो प्रहरीमा रिपोर्ट दर्ता भएको थियो ।
रिपोर्ट अनुसार नेइमारले सामाजिक संजालमा कुरा गरेर पेरिसको एक होटलमा युवतीलाई बोलाएर गत मे १५ मा बलात्कार गरेको आरोप लगाइएको थियो ।
युवतीले प्रहरी समक्ष दिएको बयानमा नेइमार मादकपदार्थ सेवन गरेर आएको र आफूलाई बलात्कार गरेको बताएकी थिइन्।
ब्राजिलको यूओएल स्पोर्ट्समा यस सम्बन्धि रिपोर्ट प्रकाशित भएपछि नेइमारले उक्त आरोपको खण्डन गरेका थिए। नेइमारले आफूलाई ती महिलाका वकिलले बार्गेनिङ गरेर एक्सटोरसनको शिकार बनाउने प्रयास भएको समेत आरोप लगाएका थिए।