विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठबीच उमेरका हिसाबले करिब १० वर्ष फरक थियो। त्यो महत्वपूर्ण कुरा भएन। उमेरको फरक भए पनि उहाँहरु दुबै एउटै युगका सन्तान हुनुहुन्थ्यो।
प्रथम विश्वयुद्वले सिंगो संसारलाई भस्मिभूत र्गयो। त्यतिबेलाको दुनियाँका सर्वा्धिक शक्तिशाली चार वटा साम्राज्य शासकसहित समाप्त भए। विभिन्न राष्ट्रहरुका उदय भयो।
यी सारा घटनाहरुकाबीचमा लेनिनको नेतृत्वमा भएको सोभियत क्रान्तिले विश्व हल्लायो।
एक अमेरिकन पत्रकार जोन रिडले ‘ती १० दिन जसले विश्व हल्लायो’ भनि पुस्तक लेखेका थिए। त्यो पुस्तकको शीर्षक निराधार थिएन।
बी.पी. कोइराला र पुष्पलाल दुबै सोभियत क्रान्तिबाट गहिरो रूपमा प्रभावित थिए। सोभियत क्रान्तिको लथ्य थियोः समाजवाद। समाजवादमा पुग्ने बाटोमा बी.पी. र पुष्पलालमा मौलिक मतभेद थियो। होइन भने समाजवादको लक्ष्यलाई लिएर दुबैमा अन्तर थिएन।
बी.पी. कोइरालाको नेतृत्वमा २००३ सालमा कोलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो।
पुष्पलाल प्रारम्भमा नेपाली राष्ट्रिय कांग्रेससँग सम्बद्ध हुनुहुन्थ्यो। पछि बी.पी. र डाक्टर डिल्लीरमण रेग्मीबीच तिब्र कचिंगल भयो। त्यस मतभेदमा पुष्पलालले डाक्टर रेग्मीलाई समर्थन गर्नुभयो। तर, रेग्मीसँग पुष्पलालको सहकार्य लामो समयसम्म चलेन।
सुस्तरी उहाँ मार्क्सवादतिर आकर्षित हुनु भयो। १५ सेप्टेम्बर १९४९ तदअनुसार २००६ सालमा पुष्पलालको नेतृत्वमा कोलकत्तामा कम्युनिष्ट पार्टीको स्थापना भयो।