नेपालको खराब सुरुवात, १० ओभरमै ६ विकेट गुम्यो LIVE

तस्बिरः बिएल

सिंगापुर । नेपालले आईसीसी टि२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम खेलमा सिंगापुरविरुद्ध खराब प्रदर्शन गरिरहेको छ।

सिंगापुरले दिएको १९२ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले सुरूवाती १० ओभरमै आफ्ना महत्वपूर्ण ६ विकेट गुमाएको छ।

छैठौं विकेटका रूपमा करन केसी १ रनमा आउट भए। 

नेपालका पाँचौ विकेटका रूपमा बिनोद भण्डारी१० औं ओभरको दोस्रो बलमा आउट भए। उनले ७ बलमा १ चौकासहित ९ रन बनाए।

यसअघि ८ औं ओभरको तेस्रो बलमा चौंथो विकेट गुमाएको थियो।

नेपालले चौंथो विकेटको रुपमा रोहित कुमार पौडेललाई ५ रनमा गुमायो। पौडेलले ४ बल खेल्दै १ चौका प्रहार गरे।

यसअघि ठूलो सर्ट खेल्दे क्रममा सातौ ओभरको चौथो बलमा शरद भेसवाकर आउट भएका थिए। उनले ११ बल खेल्दै १ चौकासहित ७ रन बनाएका थिए।

यसअघि राम्रो खेलिरहेका ओपनर ज्ञानेन्द्र मल्ल छैठौं ओभरको तेस्रो बलमा आउट भए। उनले २१ बल खेल्दै ३९ रनको महत्वपूर्ण पारी खेले। मल्लले ३ छक्का र ४ चौका प्रहार गरेका थिए।

यसअघि पहिलो विकेटका रूपमा कप्तान पारस खड्का आउट भए। उनले १० बल खेल्दै १ चौका र १ छक्कासहित १२ रन बनाए।

प्रकाशित मिति: : 2019-07-28 09:52:07

प्रतिकृया दिनुहोस्