फिफा वरियतामा नेपाल एक स्थान झर्‍यो, ब्राजिलको फड्को

Agency

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरियतामा यो महिना नेपाल एक स्थान तल झरेको छ ।

फिफाले बिहिबार सार्वजनिक गरेको जुन महिनाको वरियतामा नेपाल एक स्थान तल झरेको हो।

नयाँ वरियतामा नेपाल १ सय ६६ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६५ औं स्थानमा थियो ।

दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत २ स्थान तल झर्दै १ सय ३ औं स्थानमा पुगेको छ। यस्तै १ स्थान तल झरेको माल्दिभ्स १ सय ५२ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल रहेको बंगलादेश एक स्थान माथि उक्लदै १ सय ८२ औं स्थानमा पुग्दा एक स्थान माथि उक्लिएको भुटान १ सय ८६ औं स्थानमा पुगेको छ। श्रीलंका २ सय औं र पाकिस्तान २ सय ४ औं स्थानमा छन्।।

एसियाली बरियतामा इरान २३ औं स्थानमा रहँदा ३३ औं स्थानमा जापान पुग्दा दक्षिण कोरिया ३७ औं स्थानमा पुगेको छ। अष्ट्रेलिया ४६ औं स्थानमा रहँदा कतार ६२ औं स्थानमा छ।

यस्तै विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा बेल्जियम कायमै रहँदा कोपा अमेरिका विजेता ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ।

एक स्थान तल झरेको फ्रान्स तेस्रो, ईङ्ल्याण्ड चौंथो स्थानमा रहँदा ३ स्थान माथि उक्लदै उरूग्वे पाँचौ स्थानमा आइपुगेको छ ।

समान एक-एक स्थान तल झरेका पोर्चुगल र क्रोएसिया क्रमशः छैठौं र सातौ स्थानमा छन्।

पाँच स्थान माथि उक्लिएको कोलम्बिया आठौंमा आउँदा २ स्थान तल झरेको स्पेन नवौ र एक स्थान सुधार गरेको अर्जेन्टिना दशौं स्थानमा छ।

प्रकाशित मिति: : 2019-07-25 18:29:15

प्रतिकृया दिनुहोस्