ख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सावित्री थापा गुरुङले नीतिगत भ्रष्टाचार अनुसन्धान गर्ने सामर्थ्य अख्तियारसँग नरहेको बताएकी छिन्। प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग बुधबार भएको अन्तरक्रियामा आयुक्त गुरुङले यस्तो बताएकी हुन्।
‘हामी नेतातिर लाग्यौं भने हाम्रो जागिर रहन्न,’ उनले भनिन्, ‘तर, अख्तियारले आँट नगरी कुनै सुधार हुँदैन, अब स्टिङ अपरेशनको विकल्प छैन।’
आयुक्त गुरुङले उच्च राजनीतिक इच्छाशक्तिबिना संस्थागत भ्रष्टाचार नियन्त्रण नहुने धारणा राखेकी छिन्।