सिंगापुरमा जारी आईसिसि विश्वकप ट्वान्टी २० एसिया छनोट अन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ।
९ ओभरमा छोट्याइएको खेलको पावरप्लेमा ३ विकेट लिएको नेपालले चौथो ओभरमा चौथो विकेट लिएको हो।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा, सन्दीप लामिछानेले र करण केसीले समान १- १ विकेट लिए।
ओपनिङ बलिङ गर्न आएका कामीले पहिलो ओभरमा २ विकेट लिए भने आफ्नो व्यक्तिगत दोस्रो ओभरको अन्तिम बलमा तेस्रो विकेट लिए।
यस्तै लामिछानेले चौथो ओभरको तेस्रो बलमा विकेट लिएका हुन्। करन केसीले पाँचौ ओभरको पाँचौ बलमा विकेट लिए।
वर्षाले रोकिएको खेल ९ ओभरमा छोट्याइएको छ। टस जितेको नेपालले मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको छ।