टोकियो । इङ्लिस क्लब चेल्सीले स्पेनिस महारथि बार्सिलोनालाई हराएको छ।
जापानको टोकियोमा मंगलबार भएको प्रि-सिजनको मैत्रीपूर्ण खेलमा चेल्सीले बार्सिलोनालाई २-१ ले हराएको हो।
चेल्सीलाई जिताउन ट्यामी अब्राहाम र रस बार्क्लीले गोल गरेका थिए भने बार्सिलोनाका लागि इभान राकीटिचले गोल गरेका थिए।
टमी अब्राहमले खेलको ३४औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरूवाती अग्रता दिलाएका थिए।
पहिलो हाफसम्म १-० ले अघि रहेको चेल्सीका लागि दोस्रो हाफको ८१औं मिनेटमा रोस बार्केलीले गोल गर्दै अग्रता दोब्बर बनाए।
खेलको इन्जुरी समयमा बार्सिलोनाले सान्तवना गोल गरेको थियो।
बार्सिलोनाका लागि इभान राकिटिकले गोल गरे।
बार्सिलोनाले भर्खर अनुबन्ध भएका एन्टोइन ग्रिजम्यानको डेब्यू खेलमा बार्सिलोनाले खासै प्रभाव देखाउन सकेन। एटलेटिको छाडेर आएका ग्रिजमनले बार्सिलोनामा १७ नम्बर जर्सी लगाउनेछन्।
पहिलो हाफका कमजोर देखिएको बार्सिलोनाले दोस्रो हाफमा केही सुधारिएको खेल खेले पनि हार टार्न सकेन।
बार्सिलोना नियमित कप्तान लियोनल मेसी र लुईस सुआरेज बिनै मैदानमा उत्रिएको थियो।
कोपा अमेरिका पछि मेसी र सुआरेज परिवारिक विदा मनाइरहेका छन्।