नेपालको चौथो विकेट गुम्यो, सोमपाल कामी रन आउट!

तस्बिरः एजेन्सी

सिंगापुर । सिंगापुरमा जारी आईसिसि टी २० विश्वकप छनोट एसिया फाइनल अन्तर्गत कतारविरूद्ध नेपालले चौथो विकेट गुमाएको छ।

इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले चौथो विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको हो।

१४औं ओभरको अन्तिम बलमा रन लिने क्रममा रन आउट हुन पुगे। कामीले १२ बल खेल्दे ११ रन बनाएका थिए।

यसअघि तेस्रो विकेटका रूपमा शरद भेसवाकरलाई आउट गरेको हो।

भेसवाकरले १३ बल खेल्दै ७ रन बनाएर आउट भए।

यसअघि पावर प्लेको अन्तिम बलमा कप्तान पारस खड्कालाई गुमाएको थियो। त्यसको केही समय पछि नै अर्का ओपनर ज्ञानेन्द्र मल्ललाई २३ रनमा गुमायो।

मल्लले २४ बल खेल्दै २ चौका र एक छक्का प्रहार गरेका थिए।  

यसअघि कप्तान पारस खड्काले १७ बलमा ४ चौका र एक छक्कासहित २८ रन बनाएर आउट भए।

नेपालले पहिलो विकेटका लागि ४९ रनको साझेदार गरेको थियो। ओपनरद्वय कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि बनाएको यो कीर्तिमान साझेदारी हो।

कप्तान पारस र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्दै टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रनको साझेदारीको कीर्तिमान बनाएका हुन् । पहिलो विकेटको रुपमा कप्तान पारस २८ रनमा आउट भए । यस्तै ज्ञानेन्द्र २३ रनमा आउट भए  ।

यसअघि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी सुवास खकुरेल र सागर पुनको नाममा थियो ।

सन् २०१४ मा सुवास र सागरले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए । तर, अहिले दुवै खेलाडी टिममा रहेका छैनन् । 

प्रकाशित मिति: : 2019-07-23 08:38:01

प्रतिकृया दिनुहोस्