एजेन्सी । बलात्कारको आरोप खेपिरहेका फुटबलर क्रिस्टियानो रोनाल्डोले यौन दुर्व्यवहारको बिषयमा कुनै सजाय भोग्न नपर्ने भएको छ।
अमेरिकी अभियोजनकर्ताले रोनाल्डोमाथि लागेको आरोपमा यस्तो बताएपछि उनले केही राहत महसुस गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
‘यस बिषयमा सुचनाको समिक्षाको आधारमा रोनाल्डोविरुद्व लागेको आरोपको पुष्टि हुन सक्दैन । त्यसैले आगामी दिनमा कुनै सजाय हुनेछैन ।’ अभियोजनकर्ताले जारी गरेको बक्क्तव्यमा भनिएको छ ।
३४ वर्षिया क्याथरी मेरागाले सन् २००९ मा लास भेगास होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिईन्।
सन् २०१० मा घटनाको विषयमा अदालत बाहिर दुवै पक्षबीच सहमति भएको थियो । तर सन् २०१८ मा सो मुद्वा पुनः ब्यूँतिएको थियो। यो आरोपलाई रोनाल्डोले अस्वीकार गर्दै आएका थिए ।
अमेरिकाको क्लर्क काउन्टी जिल्लामा पिडितले सन् २००९ मा आफुमाथि भएको घटनाको निवेदन दिएकी थिईन । तर घटना भएको स्थान र ब्यक्तीको बिषयमा बोल्न अस्विकार गरेकी थिईन् । सोही कारण प्रहरीले कुनै सार्थक पहल गर्न सकेको थिएन ।
सन् २०१८ मा लास भेगास पुलिसले पिडितको अनुरोधमा पुन घटनाको अनुसन्धान सुरु गरेका थिए ।
जर्मन पत्रिकाले पहिलो पटक घटनाबारे एक सामाग्री प्रकाशन गरेको थियो ।
घटना बाहिर नल्याउने शर्तमा सन् २०१० मा अदालत बाहिर करिब ४ करोड रुपैयाँमा दुवै पक्षबीच सहमती बनेको थियो ।
तर मेरागाका वकिलले मिटु अभियानबाट प्रेरित भएर घटना पुन बाहिर ल्याएको बताएका थिए ।
रोनाल्डोले सन् २००९ मा लास भेगासमा भेटिएको कुरालाई स्वीकार गरेका थिए । तर घटना दुवै पक्षको सहमती भएको रोनाल्डोको दाबी थियो ।
रोनाल्डो त्यो समय म्याचनेष्टर युनाईटेडबाट खेल्ने गर्दथे । त्यसपछि उनी स्पेनिस क्लब रियल मड्रिडमा ९ बर्ष समय बिताए । गत बर्ष जुलाईमा उनी युभेन्ट्स आएका थिए।