एम्बाप्पेलाई पीएसजीद्वारा कीर्तिमानी तलबको प्रस्ताव!

तस्बिरः एजेन्सी

पेरिस । फ्रान्सेली लीग च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले केलियन एम्बाप्पेसँग नयाँ सम्झौता गर्ने भएक छ।

फ्रान्सका २० वर्षिया फरवार्डका लागि पीएसजीले सर्वाधिक तलब दिने शर्तसहित आगामी पाँच वर्षका लागि सम्झौता नविकरण गर्न लागेको हो।

टोलीका मुख्य खेलाडी नेयमारले पेरिस छोड्ने समाचार बाहिरिएसँगै पिएसजीले एम्बाप्पेलाई क्लबमै राख्न कीर्तिमानी तलको प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

युरोपका ठूला क्लबले एम्बाप्पेमाथि चासो दिईरहदाँ पीएसजीले आफ्ना खेलाडी जोगाउन खोजेको कीर्तिमानी निर्णय गर्न लागेको हो।

यदि नेयमारले पिएसजी छोडे भने एम्बाप्पे सर्वाधिक तलब लिने खेलाडी हुनेछन्।

नयाँ प्रस्ताव अनुसार २० वर्षका युवा फरवार्डलाई क्लबले ५० मिलियन युरोको प्रस्ताव गरेको छ। उनी अहिले वार्षिक रुपमा १८ मिलियन युरो लिदै आएका छन्।

यो सँगै क्लबले उनलाई सर्वाधिक तलब पाउने खेलाडी बनाउन चाहेको छ। यसअघि ब्राजिली स्टार नेयमारले नेयमारले बार्षिक रुपमा ३० मिलियन युरो तलब पाउँदै आएका थिए ।

नेयमारले क्लब छाड्ने तयारी गरिरहँदा पीएसजीले एम्बाप्पेसँग ५ वर्षको नयाँ सम्झौता गर्न लागेको हो।

सम्झौताले आकार लिएमा एम्बाप्पे क्लब फुटबलमा सर्वाधिक रकम बुझ्ने विश्व फुटबलका दोस्रो खेलाडी बन्नेछन्।

सन् २०१७ मा मोनाकोबाट पीएसजी लोनामा आएका एम्बाप्पेले स्थायी रुपमा पीएसजीमा जोडिनुअघि ४४ खेलमा २१ गोल गरेका थिए।

फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका उनले पछिल्लो सिजन ४३ खेलमा ३९ गोल गरको थिए।

प्रकाशित मिति: : 2019-07-22 06:45:50

प्रतिकृया दिनुहोस्