धोनी इण्डियन आर्मीसँग काश्मीरमा गर्नेछन् ट्रेनिङ

तस्बिरः एजेन्सी

नया दिल्ली। भारतीय सेना के साथ ट्रेनिङका लागि भारतीय टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीको अनुरोध जनरल बिपिन रावतले अनुमति दिएका छन्।

धोनीले प्यारासुट रेजिमेन्ट बटालियनसँग ट्रेनिङ लिनेछन्। ट्रेनिङको केही भाग जम्मू र काश्मीरमा हुनेछ।

यद्यपी धोनी सेनाको कुनै पनि सक्रिय अपरेशस टोलीमा भने सहभागी हुनेछैनन्।

३८ वर्षीय धोनीले शनिबार आफ्नो सन्यास र वेस्टइण्डिज भ्रमणबारे निर्णय गर्दै सेनाको तालिम लिने र दुई महिना आफू भारतीय टोलीमा नरहने जानकारी गराएका थिए।

प्रादेशिक सेनाको प्यारासुट रेजिमेन्टमा मानर्थ लेफ्टिनेन्ट कर्नेल धोनीले आगामी दुई महीना आफ्नो बतालियनको साथ रहने फैसला गरेका हुन्। उनलको फैसलालाई सेना प्रमुखले स्वीकृति दिएका हुन्।

यसैबीच धोनीले आईतबार भारतीय खेलाडी छनोट समितिको बैंठक अघि बीसीसीआईलाई आफ्नो यो निर्णयबारे जानकारी गराइसकेका थिए।

उनले आफू तत्काल क्रिकेटबाट सन्यास नलिनेबारे पनि विश्वस्थ दिलाएका छन्। यसअघि धोनीको सन्यास दिनेबारे खबर फैलिएको थियो।

बीसीसीआईका एक अधिकारीका अनुसार धोनी तत्काल क्रिकेटबाट सन्यास लिने पक्षमा छैनन्। ‘धोनी तत्काल क्रिकेटबाट सन्यास लिने पक्षमा छैनन्। उनले भनेका छन् कि उनी आफ्नो अर्धसैनिक रेजिमेन्टको सेवाका लागि दुई  महीना विश्राम लिएका छन्, यसको निर्णय उनले धेरै अगाडिनै गरिसकेका थिए।

धोनी टोलीमा नभएसँगै ऋषभ पन्तलाई तीनै फर्मेट (टेस्ट, वानडे र टी२०) मा विकेटकीपरको जिम्मा दिइएको छ।

प्रकाशित मिति: : 2019-07-22 06:25:25

प्रतिकृया दिनुहोस्