धनगढी बम विस्फोटमा सिंहको मृत्यु : प्रहरी भन्छ- 'विप्लव कार्यकर्ता', विप्लव भन्छन्- 'हैन'

कैलाली वम विस्फोटले सिर्जना गरेको त्रासदीपूर्ण दृश्य ।

धनगढीको शहिदगेट नजिकै रहेको निलम होटलमा भएको शक्तिशाली बम विष्फोटमा परी घाइते भएका रामबहादुर सिंहको उपचारका लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको छ । उनी र घटनाका अर्का घाइते  लक्ष्मण सेरेला विप्लव माओवादीका लडाकु रहेको खुलेको छ । 

राम सिंह से ७ प ३१४४ नम्बरको मोटरसाइकलमा लक्ष्मण सेरेलासँगै खाजा खान आएका थिए । उनी आएको केही समयपछि  नै उनको झोलामा विस्फोट भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरूले झोलामा बम भएको आशंका गरेका छन् । 

बिहीबार साँझ शहीदगेट नजिकैकौ होटलमा विष्फोट हुँदा पाँच जना घाइते भएका थिए । घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान, रामबहादुर सिंह र लक्ष्मण सेरेला रहेको थिए ।

प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल र एक से ७ प ३१४४ नम्बरको मोटरसाइकल बरामद गरेको जनाएको छ । 

यसैबीच विप्लव माओवादीका कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले बम विष्फोट गराउने आफ्नो पार्टीको नीति नभएको दाबी गर्दै घटनामा आफ्नो संलग्नता भएको बताएका छन् । 

 

प्रकाशित मिति: : 2019-07-19 08:27:29

प्रतिकृया दिनुहोस्