६ नोभेम्बर १९५० मा राजा त्रिभुवन राजगद्दीका उत्तराधिकारीहरू युबराज महेन्द्र र जेठो नाती राजकुमार वीरेन्द्र सहित भारतीय राजदूतावासमा एक्कासी शरण लिन गए ।
नोभेम्बर १० १९५०मा भारतीय राजदूतावासको सहयोगमा राजा त्रिभुवन सपरिवार दिल्ली गए।
त्रिभुवन दिल्ली उडे लगत्तै भारतीय प्रधानमन्त्रीको विशेष मौखिक सन्देश लिएर भारतीय राजदूत चन्देश्वरप्रसाद नारायण सिंहप्रधानमन्त्री मोहन शमशेरलाई भेट्न पुगे र दिल्लीमा राजा त्रिभुवन लाई कुनै पनि राजनीतिक गतिविधिमा भाग लिननदिइने आश्वासन दिए (१ )
लगत्तै नेपाली काङ्ग्रेसले सशस्त्र विद्रोह सुरु गर्यो ।मोहन शमसेरले विजय शमशेर र केशर शमसेरलाई नेपाल सरकारको प्रतिनिधिको रूपमा भारत पठाए ।तर नेपाल सरकारका प्रतिनिधिहरूको वार्ता भारत सरकारका अधिकारीहरूसँग मात्रै भयो।
शुरु शुरुमा भारतीय अधिकारीहरूले नै राजा त्रिभुवन, नेपाली काङ्ग्रेस र स्वयम् भारत सरकारको प्रतिनिधिको रूपमा विजय शम्सेर र केशर शमसेरहरूसँग वार्ता गरेका थिए। (२)