र्षातसँगै बाढी र पहिरोका कारण सर्पदंशका बिरामीहरु बढिरहेका छन् । यदि सर्पले डसेको अवस्थामा हामीले के गर्ने र के नगर्ने विषयमा थाहा नहँदा बिरामीको ज्यान जाने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
सर्पले टोकेपछि समयमा अस्पताल पुर्याउन नसक्दा बिरामीको मृत्यु हुने गरेको उनले बताए । “यो मौसममा धेरै प्रकारका सर्पहरु देखिने गर्छन् । हामीले सर्प चलाउने जिस्काउने गर्नुहुँदैन भने सर्पले डसेको खण्डमा बिरामीलाई सुताउने त्यो स्थान चलाउनु हुँदैन,” उनले भने, “केही प्रयोग गर्नुहुँदैन । शरीरमा खुला कपडा लगाउने र डसेको भागमा चुस्ने, काट्ने गर्न आदि गर्नुहुँदैन ।”