ओमनमा काम गर्ने नेपाली कामदारहरूलाई लक्षित गरेर नेपाली राजदूतावास, मस्कटले 'परदेशमा घरदेश ' कार्यक्रम आयोजना गरेको छ।लुलु कम्पनीमा एक श्रमिक सचेतना तथा सांगीतिक कार्यक्रम “परदेशमा घरदेश” आयोजना गरिएको दूतावासले जनाएको छ।
विदेशी भूमिमा रहने हुने श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, उनीहरूलाई मानसिक तथा सामाजिक रूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य आत्महत्या र कुलतहरूबाट बच्न सहयोग पुर्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको राजदूत शर्मिला पराजुलीले जानकारी दिइन्।

कार्यक्रममा राजदूतावासका द्वितीय सचिव सोमेश थापाले नेपाली राजदूतावास सबैको लागि अभिभावकको रूपमा रहेको जानकारी गराए।
यस्तै दूतावासकी श्रम सहचारी कृष्णा कुमारी गौलीले श्रमिकहरूले थाहा पाउनुपर्ने विविध पक्षहरू तथा नेपाली राजदूतावासले प्रदान गर्ने सेवा सम्बन्धी विविध जानकारी दिएकी थिइन्।

लुलुको प्रतिनिधि, नेपाली राजदूतावासका कर्मचारीहरू तथा इमल इभेन्ट्सका पदाधिकारीहरू समेत गरी २०० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा गायकद्वय सत्यराज आचार्य तथा स्वरूपराज आचार्यले विविध सांगीतिक प्रस्तुति मार्फत करीब एक घन्टा उपस्थित श्रमिकहरूलाई मनोरञ्जन दिएका थिए ।
ओमनमा राजदूतावासले नेपाली कामदारहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया