राष्ट्रिय परीक्षा बोर्डले ०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।
बेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट सार्वजनिक गरिएको हो। यसपालीको एसईई कक्षा १० को परिक्षामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तिर्ण) भएका बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी गराए।
जसमध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन्।
शिक्षक आन्दोलनका कारण यसपाली नतिजा प्रकाशनमा केही दिन ढिला भएको बोर्डले जनाएको छ।
यसपालीको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।
कसरी हेर्ने नतिजा?