कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबीले कर्णाली विकास बैंकको अपचलनमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको हाे।
कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष रायमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ।
अहिले उनलाई म्याद थपका लागि बाँके लगिएकाे प्रहरीले जनाएकाे छ।