पत्रकार चौलागाईंलाई ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य’ पुरस्कार

यसबर्षको ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ पत्रकार पुष्पराज चौलागाईंले प्राप्त गरेका छन्। 

सुर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण र न्यूनीकरणका लागि अनुसन्धानमूलक लेख, रचना, समाचार प्रकाशन तथा प्रसारण, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा निरन्तर पैरवी गरेवापत हरेक वर्ष मन्त्रालयले यो पुरस्कार र सम्मान प्रदान गर्दछ। 

दशकदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका चौलागाईं हाल अनलाइनखबरमा कार्यरत छन्। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा आयोजति एक समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमन्त्री प्रदीप पौडेलले चौलागाईंलगायत अरु ७ जनालाई पनि सम्मान गरेका छन्। यो पुरस्कारको राशी ५० हजार रुपैयाँ छ। 

चौलागाईंसँगै राम प्रसाद न्यौपाने, डा. तारासिंह बम, कल्पना आचार्य, बुद्धि कट्टेल, रूद्र कडरिया र लक्ष्मीनारायण देव पनि पुरस्कृत तथा सम्मानित भएका छन्। 
 

प्रकाशित मिति: : 2025-05-31 18:21:00

प्रतिकृया दिनुहोस्