पूरा अन्तर्वार्ता : शुक्रबार राति ८ बजे
२०६२/६३ मा भएको जनआन्दोलनपछि जारी अन्तरिम संविधान २०६४ साल चैत २८ गते संविधानसभाको पहिलो चुनाव भयो। २०६५ जेठ १५ गते त्यही संविधानसभाको पहिलो बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्यो।
त्यही दिनदेखि नेपाल ‘संघीय लोकतन्त्रिक गणतन्त्रात्मक राज्य’ भयो।
यद्यपि राजसंस्था चाहने केही राजनीतिक अवशेष भने बाँकी नै थिए र छन्। तीमध्येको एक हो राष्ट्रिय प्रजातन्त्र पार्टी। राजसंस्था र हिन्दू राष्ट्रलाई आफ्नो गर्भसिद्धान्त राखेको राप्रपाले त्यसपछि पनि निरन्तर राजसंस्था पुन:स्थापनाको माग गर्दै आएको छ।
दोस्रो संविधानसभाले २०७२ सालमा गणतान्त्रिक नेपालको नयाँ संविधान जारी गर्यो। राजा, राजसंस्था र धर्मनिरपेक्षलाई अंगिकार गरेको त्यही संविधानलाई स्वीकार गर्दै राजनीति गरिरहेको राप्रपा २०७९ सालको आम निर्वाचनबाट पाँचौं ठूलो पार्टी बन्यो।
हालका दिनमा राजसंस्था पुन:स्थापनाको माग गर्दै आएको राप्रपाले श्रृङ्खलावद्ध आन्दोलन गर्दै आएको छ। त्यसकै निरन्तरतामा राप्रपाले गणतन्त्र दिवसको दिन नै राजसंस्था माग गर्दै आन्दोलनको घोषणा गरेको छ। यसलाई राप्रपाले गणतान्त्रिक व्यवस्थालाई चुनाैती भनेकाे छ।
बिएल नेपाली सेवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई ‘राजा फर्काउने आन्दोलनका लागि गणतन्त्र आएकै दिन किन रोज्नुभयो?’ भनेर सोधेको छ:
पूरा अन्तर्वार्ता: शुक्रबार राति ८ बजे–