१५ फिट गहिराइमा भेटियो कालीगण्डकीमा बेपत्ता बालकको शव

म्याग्दीको रघुगंगा गाउँपालिका-३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ।

सोही ठाउँका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव जेठ ५ गते दिउँसो साढे १२ बजे करिब १५ फिट गहिराइबाट निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनको खोजीकार्यको लागि नं. २४ कालिका गण कास्कीबाट सोमबार बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो।

प्रकाशित मिति: : 2025-05-19 19:01:00

प्रतिकृया दिनुहोस्