दाउन्ने सडकखण्डमा रातभरि सवारी नचल्ने

पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड आजदेखि रातभरिका लागि बन्द हुने भएको छ। दाउन्नेको सडकखण्ड आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म पूर्णरुपमा सवारी रोकेर मर्मतको काम हुनेछ। आगामी वैशाख ३१ गतेसम्म रातको समयमा सवारी आवागमन रातभरिका लागि रोकिएको हो। 
 
यो सडकखण्डका कारण राजमार्ग नै पूरै अस्तव्यस्त हुने गरेको छ। यसअघि पनि दिउँसोको समयमा सवारी रोकेर काम गरिएको थियो। 

निकै जोखिमपूर्ण मानिने यो खण्डको लगभग १४ किलोमिटर सडक मर्मत भइरहेको छ। अहिले यो सडकलाई तीन लेनको बनाउन थालिएको छ। 
 

प्रकाशित मिति: : 2025-04-29 08:21:00

प्रतिकृया दिनुहोस्