तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने भएको छ।
शनिबार प्रशासन विभागले सूचना जारी गर्दै शोक बिदासम्बन्धी जानकारी दिएको हो।
००४ साल माघ २९ गते जन्मेका डंगोल लामो समयदेखि पिसाव थैलीको क्यान्सरसँग जुधिरहेका थिए। उनको उपचारमा संग्लन स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो। हप्तामा २ दिन गराउनुपर्ने डाइलाइसिस गएको बिहीबार मात्र गरिएको थियो।