गृहमन्त्री रमेश लेखकले अहिलेको व्यवस्था र संविधानको रक्षा सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन्।
शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन गर्दै गृहमन्त्री लेखकले मुलुकमा संविधानलाई समाप्त पर्ने गतिविधि कुनै पनि हालतमा क्षम्य नहुने बताएका हुन्।
संविधानभित्रै बसेर विरोध गर्न पाइने तर लोकतान्त्रिक गणतन्त्रको संविधानलाई नै समाप्त गर्न नपाइने उनकाे भनाइ थियाे।
'आफूलाई मन नपरेको राजनीतिक दल, नेता, सांसद, मन्त्री र प्रधानमन्त्रीसम्मको विरोध गर्न पाइन्छ तर लोकतन्त्रिक र गणतन्त्रात्मक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन। च्यात्न पाइँदैन। फाल्न पाइँदैन,' उनले भनेका थिए।