विमानस्थलमा ‘लछार-पछार’ गर्ने प्रहरीको जिम्मेवारी खोसियो

Break n Links
Break n Links

विमानस्थलमा एकजना युवकमाथि लछारपछार गर्दै कुटपिट गर्ने तीनजना प्रहरीको जिम्मेवारी खोसिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका एकजना युवकलाई प्रहरीले लछारपछार गर्दै भित्र लगेर कुटेका थिए।

चैत ३१ गते खिचिएको उक्त भिडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडियो सेयर गर्दै प्रहरीको आलोचना गरेका थिए।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार भिडियोमा देखिएका तीनजना प्रहरीलाई उक्त जिम्मेवारीबाट हटाएर रानीपोखरीमा तानिएको छ। प्रहरीको दुर्व्यवहारमा पर्ने ती व्यक्ति मोरङका सञ्जय ओझा हुन्।

प्रकाशित मिति: : 2025-04-16 15:49:00

प्रतिकृया दिनुहोस्