सुनको मूल्य फेरि उच्चबिन्दुमा

अघिल्लो साता ओर्लिएको सुनको मूल्य बढ्न थालेको छ। आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलार्मा क हजारले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ। 

अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो। 

त्यस्तै,चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ।
 

प्रकाशित मिति: : 2025-04-13 10:51:00

प्रतिकृया दिनुहोस्