प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ गरेको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको जानकारी दिएका हुन्।
चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको उनको भनाइ छ।