बनेपाबाट लागूऔषधसहित दुईजना सशस्त्र प्रहरीको नियन्त्रणमा

सशस्त्र प्रहरीले करीब ५ किलो पोलाइण्ड नामक लागूऔषधसहित काभ्रेको बनेपा-८ स्थित बसपार्क ईलाकाबाट चैत्र २६ गते दुईजनालाई नियन्त्रणमा लिएको छ।

काभ्रेको धुलिखेल नगरपालिका-६ बस्ने २८ वर्षिय अमृत भण्डारी र सोही नगरपालिका-४ बस्ने ३० वर्षिय श्रीकृष्ण सत्याललाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

उनीहरूलाई सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेले सोही ठाउँको सेकुवा सेन्टर तथा नेवारी खाजाघरबाट ५ पोका पोलाइण्ड नामक लागूऔषधसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

साथै उनीहरूले प्रयोग गरेको बा३८प १४८१ नम्बरको मोटरसाईकलसमेत बरामद भएको छ। नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको  लागि सम्बन्धित निकायमा बुझाइएको छ।

यसअघि सशस्त्र प्रहरी बलले चैत्र १४ गते काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट ७ किलोग्राम तथा फागुन १ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ जोरपाटीस्थित नयाँबस्ती र भदौ २२ गते काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट ५/५ किलोग्राम पोलाइण्ड नामक लागूऔषधसहित ५ जनालाई नियन्त्रणमा लिइ सम्बन्धित निकायमा बुझाएको थियो।

प्रकाशित मिति: : 2025-04-09 20:32:00

प्रतिकृया दिनुहोस्