उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन्।
आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा उनले लोकप्रिय हुने भन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजनाहरू आवश्यक भएको बताए।
उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वितरणले मात्र उचित प्रतिफल दिन नसक्ने बताए।
यस्तै, उनले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमहरूलाई गम्भीर रुपमा समीक्षा गर्न जरुरी रहेको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायसँग भएका कार्यक्रमहरूलाई एकीकृत गर्नुपर्नेमा पनि बताए।