बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाका सबै दोषीहरूलाई कानुनी कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिसभामा सांसदहरूलाई सम्बोधन गर्दै उनले तीनकुनेमा भएको कार्यक्रम कुनै राजनीतिक दलको कार्यक्रम नभएर हिंस्रक र आततायी घटना भएको बताए।
‘त्यहाँ व्यक्तिको घरमात्रै तोडफोड गरिएन। घरमा आगो लगाइदिएर पत्रकार थुनेर मारियो’ उनले भने ‘जो सुकै भए पनि घटनामा संलग्नहरूलाई कारबाही हुन्छ। त्यो कार्यक्रमको योजनाकारहरूको पहिचान गरेर कारबाही हुन्छ।’
यो पनि-
उनले पूर्व राजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति नपाउने बताए।
‘आपराधिक क्रियाकलाप गर्ने कसैलाई पनि उन्मुक्ति पाउँदैन’ उनले भने ‘१५ गते तीनकुनेमा भएको कार्यक्रमको आयोजक को हुन् भन्ने आशंका र द्विविधाहरू छन्।’
प्रधानमन्त्रीले सम्बाेधन गर्दा गर्दै राप्रपाका सांसदहरूले हाेहल्ला गर्न थालेपछि उनी रिसाएर बाेलेका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया