मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ। साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ। बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दैछन्। नेपाल विद्यु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि प्रतिपक्ष सांसदहरूले प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरिरहेका थिए। 

संसदलाई सम्बोधन गरेपछि साँझ उनले मन्त्रिपरिषद बैठक बोलाएका हुन्। 
 

प्रकाशित मिति: : 2025-03-31 10:55:00

प्रतिकृया दिनुहोस्