नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार हत्या तथा सञ्चारगृहहरूमा गरिएको आगजनी विरुद्ध विरोध सभा गरेको छ।
शुक्रबार राजावादी समुहले तिनकुने लगायत केही स्थानमा हिंसात्मक गतिविधी गरेका थिए । हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाएका पत्रकार सुरेश रजकको न्यायका लागि नेपाल पत्रकार महासंघले शनिबार बिहान बिरोध सभा गरेको हो।
महासंघले स्थापना दिवसका सबै पूर्व निर्धारित कार्यक्रम स्थगित गर्दै सो विरोध सभा गरेको छ।
राजावादीहरूले शुक्रबार तीनकुनेकाे एउटा व्यावसायिक भवनमा आगाे लगाइदिएका थिए। त्यहीँबाट भिडिओ खिचिरहेका पत्रकार रजककाे त्यसैमा जलेर मृत्यु भएकाे हाे। प्रदर्शनकारीले भवनकाे मूल गेटमा ताल्चा लगाइदिएर पत्रकारलाई थुनेका थिए।