काठमाडौं महानगरपालिकाले एसईई दिइरहेका विद्यार्थीहरूलाई गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध नभएमा महानगर प्रहरी बलले सहयोग पुर्याउने भएको छ।
विद्यार्थीहरूको सहज यात्रा सुनिश्चित गर्नका लागि काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा सवारी साधनको व्यवस्था गरेको छ।
यसका लागि विद्यार्थीहरूले प्रहरी अधिकृतहरूलाई सम्पर्क गर्न गर्नुपर्नेछ। बानेश्वरका लागि नप्रउ दिनेश कुमार अर्यालको सम्पर्क नम्बर ९८५१०६८०९६, रत्नपार्कका लागि नप्रउ मनोज प्रसाद लामिछानेको नम्बर ९८५१०९३१७६, नयाँ बसपार्कका लागि न प्रनाउ पूर्णचन्द्र भट्टको नम्बर ९८५१२३३६३३ र टेकुका लागि नप्रनि प्रकाश पण्डितको नम्बर ९८५१०५६३४६ उपलब्ध गराइएको छ।
साथै, विद्यार्थीहरूले सवारी साधनको आपतकालीन आवश्यकता परेमा काठमाडौँ महानगरपालिकाको हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ मा पनि सम्पर्क गर्न सक्नेछन्।
आज समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शनको तयारी गरेपछि काठमाडौं उपत्यकामा सवारी साधन न्युन मात्रामा गुडेका छन्। त्यसको प्रत्यक्ष मारमा एसईई परीक्षा दिने विद्यार्थी परेका छन्।