ट्रम्पकाे फेरि अर्काे घोषणा : चर्काे करले अमेरिकी ‘कार’ बजार के हाेला?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा भित्रिने सबैप्रकारका कारहरूमा नयाँ कर घोषणा गरेका छन्। उनले जुनसुकै देशबाट भित्रिने कारहरूमा २५ प्रतिशत लगाउने घोषणा गरेका हुन्।
 
आगामी अप्रिल २ देखि यो नयाँ कर लागु हुनेछ। यसबाट अमेरिकी उत्पादनले बजार पाउने र आफ्नै नागरिकले रोजगारी पाउने अपेक्षा ट्रम्पको छ। कारसँगै उनले त्यसका लागि चाहिने सबै पार्टपूर्जामा पनि २५ प्रतिशत नै कर लगाउने घोषणा गरेका छन्। 

यो करले अमेरिकामा आयात हुने कारहरूमात्रै होइन त्यहाँ उत्पादन हुने विदेशी कम्पनीका कारहरूमा पनि लागु हुनेछ। 

विज्ञहरूले भने यसबाट अमेरिकामै सञ्चालित कतिपय कार उत्पादक कम्पनी बन्द हुनसक्ने र निर्यातकर्ता देशहरूसँगको सम्बन्ध बिग्रिनसक्ने बताएका छन्। तर ट्रम्पले भने यो नयाँ करनीतिले अमेरिका पहिलो भन्ने आफ्नो अभियानलाई सहयोग पुग्ने अपेक्षा गरेका छन्। 

गत वर्ष अमेरिकाले लगभग ८० लाख नयाँ कारहरू भित्र्याएको थियो। त्यो लगभग २४० बिलियन डलर बराबरको ब्यापार हो। 

अमेरिकामा सबैभन्दा धेरै मेक्सिको, दक्षिण कोरिया, जापान, क्यानडा तथा जमर्नीलगायत देशहरूले कार निर्यात गर्छन्। 
 

प्रकाशित मिति: : 2025-03-27 07:50:00

प्रतिकृया दिनुहोस्