बिएल संवाददाता
जनकपुर-जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ।
होली खेल्ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीका १९ वर्षिया आँशुका परिवार र स्थानीयले जनकपुर-जलेश्वर सडकखण्ड ठप्प पारेका छन्।
बुधबार बिहानैदेखि मुख्य सडक घेरेर उनीहरूले आवत-जावत ठप्प बनाएका छन्। १२ दिन बितिसक्दा पनि हत्यामा संलग्न अन्य अपराधीहरूलाई प्रहरीले समात्न नसकेको भन्दै उनीहरूले बाटो बन्द गरेर विरोध जनाएका हुन्।
चैत्र २ गत्ते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्ष्मण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए।
छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो।
प्रहरीले धर्मेन्द्रलाई छुरासहित पक्राउ गरेको थियो। तर आँशुको परिवारले अन्य व्यक्तिको पनि संलग्ता रहेको भन्दै उनीहरूलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन्।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाले आँशुको हत्याको अनुसन्धान जारी नै रहेकोले आँशुको परिवारजनलाई धैर्य राख्न आश्वासन दिँदै आएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया