सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका मानिसहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ।
प्लाजाको पाँचौ तल्लामा आगलागी भएपछि त्योभन्दा माथिको तलामा रहेका मानिसहरू फसेका थिए। उनीहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको हो।
सशस्त्र प्रहरीले भवनमा फसेका ५ जनाको सकुशल उद्धार गरिसकेको छ। उद्धार जारी रहेको एपीएफले जनाएको छ। भवनमा कति मानिस फसेका छन् भन्ने यकिन भइसकेको छैन।