सशस्त्र प्रहरी बलले नारायणी पुलबाट हाम फालेकी एक महिलाको नदीमा बग्दै गरेको अवस्थामा सकुशल उद्दार गरेको छ।
सोमबार साँझ चितवनको भरतपुर महानगरपालिका-३ पुलचोकस्थित नारायणी पुलबाट एक महिला नदीमा हाम फालेर बग्दै गरेको अवस्थामा पुल्चोकमा तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टिम ( आईआरटी)ले उनको तत्कालै सकुशल उद्दार गरेको हो।
ती महिला सोही महानगरपालिका-११ बसेनी बस्ने ३८ बर्षिया पार्वती सुनार रहेको र उनलाइ उपचारार्थ नयाँ मेडिकल कलेज भरतपुर पठाइएको सशस्त्र प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।