बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उत्पादनलाई वृद्धि गर्नका साथै उत्पादित वस्तुको प्रयोग बढाउन पनि आवश्यक रहेको बताएका छन्।
शुक्रबार नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह समेत गरे।
उनले भने,‘राष्ट्रिय उत्पादनमा जोड र हाम्रा आवश्यकताहरु उपभोग्य वस्तुहरु हामी आफैं तयार गर्न सकौं भन्ने हो। आत्मानिर्भरतामा देशलाई लैजान सकौं भन्ने जोड र निर्यातलाई जोड, आयातलाई प्रतिस्थापन गर्नका लागि धागो उत्पादन कपडा र मोजा उत्पादन गर्न जरुरी छ। बिहान उठ्ने वित्तिकै आफ्नै देशको उत्पादन ब्रस र मन्जनले मुख सफा गर्न पाउँदा पनि कति खुसी हुन्थ्यो तर त्यो पनि स्थिति छैन। स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्ने छ। हाम्रा उत्पादीत वस्तुहरुपनि प्रयोग गर्ने जनताले बानी बसालौं।’
उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेकोे बताए।
त्यस्तै उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वबजारमा भइरहेको प्रतिस्पर्धाको होडबाजीको बेला नेपालले नेपालले न्युन वस्तुमात्र निर्यात गर्न सकेको गुनासो गरे।
उनले भने,‘आजको विश्वबजारमा भइरहेको प्रतिस्पर्धा आफ्ना वस्तुको होडबाजी कस्ले कुन सामान बजारमा ल्यायो जस्ता प्रश्नहरुमा नेपालको ट्रेड प्रोमोसनका विषयहरु आज हामीले वस्तु आयात र निर्यातका समस्याहरुलाई हेर्दा न्युन वस्तु निर्यात भइरहेको छ।’
त्यस्तै उनले सरकारले देशमा औधोगिक तथा व्यवसायीक वातावरण सहज बनाउन आर्थिक क्षेत्रसँग सम्बन्धित एक दर्जन ऐन संशोधन गरिसकेको जानकारी दिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया