नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इतिहासको रथ पछाडि फर्किन नसक्ने बताएका छन्।
सोमबार समाजवादी मोर्चाको बैठक पश्चात उनले राजाको विषयमा बोल्दै जनताले चाहेको प्रगती, परिवर्तन, हित र कल्याणको शासन राजाबाट सम्भव नभएको भन्दै इतिहासको रथ पछाडि फर्किन नसक्ने बताए।
उनले भने, ‘सिध्याउन खोज्ने कुनैपनि प्रवृत्ति निन्दनीय छ, अस्विकार्य छ। इतिहासको रथ पछाडि फर्किन सक्दैन। प्रगती, परिवर्तन चाहिएको छ, जनताको हित र कल्याणको शासन चाहियो। यो राजाबाट सम्भव छैन। इतिहासले यो कुरा भनि सकेको छ। फेरि त्यो निरंकुश शासनमा जनता जादैनन्।’