पत्रकारको प्रश्न- हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लायो? प्रचण्ड भन्छन्- छैन, केही हल्लाको छैन

Break n Links
Break n Links

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो राजावादीले गरेको वृहत प्रदर्शनले आफूहरू नडगमगाएको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूसँगको छोटो कुराकानीमा उनले पत्रकारहरूले हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लाएको थियो भन्दै प्रश्न गरेका थिए।

उत्तरमा उनले भने, ‘हिजोको प्रर्दशनले केही हल्लाको छैन। डराउनेवाला पनि छैनौं। त्यत्रो लडाईंकाबीचमा त्यस्तो गर्दा त डराइएन अब त्यसको के कुरा।’

उनले जनताको समस्यामा सरकारको अझै ध्यानकेन्द्रीत हुन नसकेको कारण जनतामा निकै ठूलो निराशाको कारण यस्तो अवस्था आएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखे।

साथै उनले सरकार  सेटिङमा आफ्ना मान्छे भर्ती गर्ने र नियुक्ति गर्नेतिर मात्रै केन्द्रीत हुँदा प्रतिक्रियावादी शक्तिहरूले मौका पाएको पनि आरोप लगाए।

उनले भने, ‘यसको जिम्मेवारी सरकारले लिनै पर्छ। सरकार जुन ढंगले बोल्यो जनतामा निराशा र आक्रोश छ। जनताको समस्यामा सरकारको अझै ध्यानकेन्द्रीत हुन सकेको छैन। सेटिङमा आफ्ना मान्छे भर्ति गर्ने नियुक्ति गर्नेतिर मात्रै केन्द्रीत भएको हुनाले जनतामा निकै ठूलो निराशा छ। त्यसैले गर्दा प्रतिक्रियावादी शक्तिहरूले मौका पाएको जस्तो देखिन्छ।’

प्रकाशित मिति: : 2025-03-10 19:27:00

प्रतिकृया दिनुहोस्