आक्रामक ट्रम्पबाट कसरी सम्हालान् कार्नीले क्यानडा?

Break n Links
Break n Links

क्यानडाको लिबरल पार्टीले मार्क कार्नीलाई आफ्नो दलको नेता चयन गरेको छ। संसदमा उनले लगभग ८५.९ प्रतिशत मत पाएका छन्। योसँगै उनी अब जस्टिन ट्र्डोलाई विस्थापन गर्दै क्यानडाका प्रधानमन्त्री हुनेछन्। 

क्यानडामा कुनै राजनीतिक पृष्ठभूभि र अनुभव नसंगालेका व्यक्ति सिधै प्रधानमन्त्री हुन थालेको यो पहिलोपटक हो। 

आफ्नै पार्टीबाट राजीनामाको दबाव आएपछि गत जनवरीमा ट्रुडोले राजीनामा दिएका थिए। त्यसपछि उनी ‘काम चलाउ’ प्रधानमन्त्रीका रुपमा छन्। ट्रुडोले लगभग ९ वर्ष क्यानेडेली सत्ता सम्हाले। 

उनी अहिले सांसद छैनन्। राजनीतिक संकट आउन नदिनका लागि यहाँको दले उनलाई पार्टीको नेता चयन गरेर प्रधानमन्त्री बनाउन थालेको हो। उनी एक अर्थशास्त्री हुन्। बैंक अफ क्यानडाको गभर्नर पनि हुन्। त्यसपछि उनी बैंक अफ इङ्गल्याण्डका गर्भनर पनि भए। बेलायतको ३०० वर्षे इतिहासमा त्यहाँको केन्द्रीय बैंकले पहिलोपटक गैर बिट्रिसलाई आफ्नो प्रमुख बनाएको थियो। त्यहाँ उनले २०२० सम्म काम गरे। युरोपियन युनियनबाट बाहिरिने क्रममा उनले अख्तियार गरेका आर्थिक नीतिहरूलाई बेलायतले निकै प्रशंसा गरेको थियो। त्यो बेला बेलायतमा चरम आर्थिक मन्दी छाएको थियो।

प्रधानमन्त्री पद स्वीकार गर्दै कार्नीले ‘अमेरिकीहरूले क्यानडेलीहरूलाई सम्मान नगरेसम्म’ अमेरिकी सामग्रीहरूमा कर लगाइरहने बताएका छन्। डाेनाल्ड ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपतिकाे कार्यकाल सम्हालेलगत्तै क्यानडाका उत्पादनहरूमाथि पनि चर्को कर लगाइदिएका थिए। 

अमेरिकाले कर चर्काएपछि कामचलाउन प्रधानमन्त्री ट्रुडाेले करकाे बाहानामा अमेरिकाले क्यानडालाई हत्याउन प्रयास गरेकाे तर क्यानडेली नागरिक कहिल्यै पनि अमेरिकाकाे ५१ औं राज्य बन्न स्वीकार नगर्ने चेतावनी दिएका थिए। प्रधानमन्त्री ट्रुडाेलाई ट्रम्पले पटक पटक ‘क्यानडाका गर्भनर’ भनेर हाेच्याउने भाषामा सम्बाेधन गरेका छन्। यसअघि नै उनले क्यानडालाई अमेरिकामा समाहित हुन भनेका थिए। 

कार्नी धेरै समय क्यानडाकाे प्रधानमन्त्री भने रहनेछैनन्। अहिले संसदमा अल्पमत भएका कारण उनले आगामी अक्टाेबरमा चुनाव गराउनुपर्नेछ। उनी आफैले यसाे नगरे विपक्षी दलहरूले संसदमा उनीविरुद्ध अविश्वासकाे प्रस्ताव ल्याउनेछन् र चुनाव घोषणाकाे निम्ति बाध्य पार्नेछन्। 

संसदीय दलमा जितेपछि कार्नीले एउटा सम्बोधन गरेका थिए र त्यसमा अधिकांश समय अमेरिकी आलाेचनामा खर्च गरेका थिए। 

‘ट्रम्पले क्यानडाका श्रमिक तथा व्यापारमाथिमात्रै हाेइन सिङ्गाे क्यानडामाथि नै धावा बाेलेका छन्। तर हामी उनलाई सफल हुन दिने छैनौं’ उनले भनेका छन् ‘मलाई थाहा छ अहिले क्यानडा अँध्यारा दिनमा छ। तर यी अँध्यारा दिनहरू हामीले कहिल्यै विश्वास गर्न नसक्ने देशले निम्त्याइरहेका छ।’ याे उनले अमेरिकालाई भनेका हुन्।

उनले आगामी दिनमा अझ कठिनाइँहरू आउनसक्ने भन्दै त्यसका लागि एकजुट भएर उभिन पनि आफ्ना नागरिकलाई आह्वान गरेका छन्। 

प्रकाशित मिति: : 2025-03-10 10:00:00

प्रतिकृया दिनुहोस्